फिफा उत्कृष्ट खेलाडीका लागि तीन जनाको नाम मनोनयन

लण्डन, १८ भदौ : विश्व फुटबल महासंघ (फिफा)ले दिने यस बर्षको विश्व पुरुष खेलाडी बर्ष अवार्डकालागि तीन खेलाडीको नाम मनोनयनमा परेको छ ।

क्रिस्टियानो रोनाल्डो, रियल मड्रिडका उनका पुर्वसहकर्मी लुका मोड्रिक र इजिप्टका मोहम्मद सालहको नाम मनोनयनमा परेको हो । यी मध्ये रोनाल्डोले यसअघि पाँच पटक अवार्ड जितेका थिए ।

तर यसअघि मनोनयनमा पर्ने गरेका अर्का चर्चित खेलाडी लियनोल मेसी भने यस पटक मनोनयनमा परेका छैनन् । उनी विगत ११ बर्षदेखि फिफाको उत्कृष्ट तीन खेलाडीको सूचीमा पर्दै आएका थिए ।

फ्रन्सका विश्वकप विजेता टोली व्यवस्थापक डिडिएर डेस्चाम्पस, जलाटको डालिक र जिनेडिन जिडाने भने यसअघि नै बर्ष प्रशिक्षक अवाडीका लागि मनोनयनमा पर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.