खेलाडीको पोशाकमा एकरुपता

यस पटकको एसियाली खेलकूद (एसियाड) प्रतियोगतामा सहभागी हुने खेलाडीहरुको पोशाक एकैरुपको हुनेभएको छ ।

आगामी भदौ २ देखि १६ गतेसम्म इन्डोनेशियामा आयोजना हुने १८ औं संस्करणको उक्त खेलकूद प्रतियोगितामा सहभागी हुने १८५ खेलाडीका लागि चाइनाको इजिलिटी गु्रपले खेलाडीको जुत्तादेखि टोपीसम्म उपलब्ध गराएको हो ।

नेपाल ओलम्पिक कमिटीद्वारा आयोजित एक कार्यक्रममा इजिलिटी गु्रपका निर्देशक अल्बर्ट चाङले आयोजकका अध्यक्ष जीवनराम श्रेष्ठलाई उक्त खेलकूद सामाग्री हस्तान्तरण गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले खेलकूदको माध्यमबाट दुई देशको सम्बन्ध सुमधुर हुने भन्दै नेपाली खेलकूद क्षेत्रको विकासका लागि चाइनाले महत्वपूर्ण सहयोग गर्दै आएको बताउनुभयो ।

त्यस्तै इजिलिटी गु्रपका निर्देशक चाङले नेपाली खेलाडीले एसियाडमा राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

एसियाडमा स्वाक्स थपियो

एसियाली खेलकुद प्रतियोगितामा नेपालले अब २९ खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । यसअघि कायम भएको २८ खेलमा स्क्वास खेल थप गरिएको हो । स्क्वासमा चार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.