पाथीभरा गोल्डकपको उपाधि रेड स्टारलाई

ताप्लेजुङ, १६ भदौ : ताप्लेजुङमा आज सम्पन्न पाथीभरा गोल्डकपको उपाधि झापाको रेड स्टार क्लबले जितेको छ ।

अतिरिक्त समयको सदुपयोग गर्दै आफ्नै जिल्लाको टिम न्यु स्टार क्लबलाई २–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो । उपाधिका लागि पहिलो हाफमा ग्लोरीले गोल गरेका थिए भने अतिरिक्त समयमा कर्नर किकमार्फत क्याप्टेन कर्ण लिम्बुले निर्णायक गोल गरेका थिए । यता उपविजेता बनेको झापाकै न्यु स्टार न्यु स्टारका लागि विजय राईले पहिलो हाफमा एक गोल गरेका थिए । खेल बराबरीकै अवस्थामा निर्धारित समय सकिएपछि अतिरिक्त समयमा धकेलिएको थियो ।

प्रतियोगिताको विजेता र उपविजेतालाई क्रमस रु तीन लाख एक हजार १११ र एक लाख ५१ हजार १११ नगदसहित ट्रफि प्रदान गरिएको छ । प्रतियोगितापछि समापन समारोहमा सांसद योगेश भट्टराईले पुरस्कार प्रदान गर्नुभयो ।

खेलकूदको माध्ययमबाट प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको प्रचार–प्रसार गरी जिल्लाको पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको लाखे जात्रा खेल सञ्चालन समितिका अध्यक्ष मोती पतंवाले बताउनुभयो । लाखेजात्राको अवसरमा विसं २०२९ देखि प्रत्येक वर्ष खेल हुँदै आएपनि विसं २०७४ देखि भने नाम परिवर्तन गरेर पाथीभरा गोल्डकप बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.