जुडोमा नेपालको खराब प्रदर्शन

काठमाडौँ, १४ भदौ : एशियाली खेलकूदअन्तर्गत आज भएको जुडोमा नेपालले खराब प्रदर्शन गरेको छ ।

आज भएको खेलमा दक्षिण एशियायली खेलकूद (साग) की स्वर्ण पदक धारी तथा ओलम्पियन फूपुल्हामु खत्री पहिलो चरणबाटै पराजित भइन् । त्यस्तै मनिता श्रेष्ठ प्रधान र सञ्जीत डङ्गोल पनि पराजित भए । खत्री आयोजक इण्डोनेसियाकी खेलाडीसँग १–० ले पराजित भएकी हुन् । मनिता राउण्ड अफ ३२ को खेलमा भियतनामकी खेलाडीसँग १०–१ ले पराजित भइन् ।

पुरुष ७३ केजी मुनिको राउन्ड अफ ३२ को खेलमा नेपालका सञ्जीत डङ्गोल साउदी अरबका खेलाडीसँग १०–० ले पराजित भए । बुधबार पहिलो दिन इन्द्रबहादुर श्रेष्ठ र देविका खड्का पराजित भएका थिए ।

भलिबलमा पराजित

प्रतियोगिताअन्तर्गत आजै भएको भलिबल खेलमा नेपाल श्रीलङ्कासँग ३–१ ले पराजित भएको छ । नेपालले खेलमा पहिलो सेट २५–२३ ले जिते पनि त्यसपछि श्रीलङ्कासँग लगातार २५– १६, २६–२४ र २५–२१ को सेटमा पराजित भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.