राष्ट्रिय पुरुष भलिबलको उपाधि आर्मीलाई

काठमाडौँ, २७ जेठ : प्रधानसेनापति चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा आज सम्पन्न भएको फाइनल खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–१ सेटले पराजित गर्दै उपाधि हात पारेको हो ।

आर्मीले लगातार चौथो उपाधि जितेको हो । नेपाली सेनाको आयोजनामा भएको उक्त प्रतियोगितामा आर्मीले गण्डकीलाई १६–२५, २५–८, २५–१० र २५–१६ अङ्कले हराएको हो । उपाधिसहित आर्मीले रु तीन लाख पुरस्कार प्राप्त ग¥यो । उप–विजेता गण्डकीले रु एक लाख ५० हजार पुरस्कार प्राप्त ग¥यो । प्रतियोगितामा तेस्रो भएको पुलिस क्लबले रु ७५ हजार पुरस्कार प्राप्त ग¥यो ।

विजयी खेलाडीलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालगायतले पुरस्कार प्रदान गर्नुभयो । यही जेठ १९ गतेदेखि लिग कम नकआउटका आधारमा शुरु भएको उक्त प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal