राष्ट्रिय पुरुष भलिबलः पुलिस र एपीएफ सेमिफाइनलमा

काठमाडौँ, २३ जेठ : विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लब समूह विजेता बन्दै चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रमा आज भएको लिग चरणको अन्तिम खेलमा पुलिसले प्रदेश नं ३ लाई ३–० सेटमा पराजित गरी समूह ‘ख’ को विजेता बन्दै सेमिफाइलमा स्थान बनाएको हो । पुलिसले प्रदेश ३ लाई २५–१४, २५–२० र २५–१८ अङ्कले हराएको हो ।

यस्तै एपीएफ क्लब प्रदेश नं १ लाई ३–० सेटमा हराउँदै समूह ‘क’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । एपीएफले प्रदेश १ लाई २५–१४, २५–१६ र २५–१६ अङ्कले पराजित गरेको हो ।

शुक्रबार सेमिफाइनल खेलमा पुलिसले आर्मीसँग तथा एपीएफले गण्डकी प्रदेशसँग खेल्नेछ । नेपाली सेनाले आयोजना गरेको उक्त प्रतियोगिताको विजेताले रु तीन लाख तथा उप–विजेताले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछ । तेस्रो हुने टोलीले रु ७५ हजार प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.