अधिकारीको अध्यक्षतामा आयोग गठन

काठमाडौँ, ९ भदौ : देशमा रग्बी खेलको व्यावसायिक विकास तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले जेबी अधिकारीको अध्यक्षतामा १२ सदस्यीय नेपाल विद्यालय रग्बी आयोग स्थापना गरिएको छ ।

उक्त आयोगको उपाध्यक्षमा मुकुन्दकुमार ढुङ्गाना, सचिवमा शिवप्रसाद अर्याल, कोषाध्यक्षमा हेमा गुरुङ हुनुहुन्छ । सदस्यमा नारायण रोक्का, अम्बिका ओली, विनोद बुढाथोकी, शिवकृष्ण कवा, दूतराज तामाङ, इन्द्र लामा, कमल ज्ञवाली र खिम गुरुङ हुनुहुन्छ ।

तीन महिनाअघि अधिकारीको संयोजकत्वमा गठन भएको तदर्थ समितिद्वारा आयोजित प्रथम साधारणसभामा उक्त आयोगका पदाधिकारी तथा सदस्यको छनोट गरिएको हो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्वमन्त्री हितबहादुर तामाङले यस खेलबारे देशका सातै प्रदेशका जनतालाई जानकारी गराउन सुझाव दिँदै देशभर रहेका रग्बी खेलका खेलाडीलाई एकीकृत गरी अगाडि बढनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.