फुटबल खेलाडी एन्डर हरेराले म्यान्चेस्टर युनाइटेड छाड्ने

लन्डन, २८ बैशाख : म्यान्चेस्टर युनाइटेडका फुटबल खेलाडी एन्डर हरेराले यसै सत्रको अन्त्यबाट ओल्ड ट्राफोर्ड छाड्ने स्पष्ट गरेका छन् ।

मिडफिल्डर हरेराले फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्माइनमा आबद्ध हुने बताइएको छ । हरेराको करार यसै सत्रको अन्त्यमा समाप्त हुँदैछ ।

हरेराको भविष्यका बारेमा युनाइटेडले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन तर २९ वर्षीय स्पेनी खेलाडी हरेराले क्लबको ट्वीटर अकाउन्टबाट आफ्ना समर्थकहरुसँग बिदा मागेका छन् ।

हरेराले ट्वीटमा रातो जर्सी आफ्ना लागि सदैब अविस्मरणीय रहेको बताएका छन् । उनी प्रतिष्ठित फुटबल क्लबहरु आर्सनल, युभेन्टस र इन्टर मिलानसँग पनि जोडिएका थिए ।

हरेराले ट्वीटमा लेखेका छन्, “मैले युनाइटेडको जर्सीमा झण्डै २०० वटा खेल खेलें । इङल्यान्डको प्रतिष्ठित क्लबबाट फुटबल खेल्न पाउनु साँच्चिकै सम्मानको कुरा हो । पाँच वर्षका यी अविस्मरणीय क्षणका लागि धन्यवाद ।”

हरेरा सन् २०१४ मा एथ्लेटिको बिल्बाओबाट युनाइटेडमा आबद्ध भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal