पुरुष र महिला क्रिकेटको उपाधि एपिएफलाई
राँझा, ११ वैशाख : आठाँैं राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।
बाँकेको कोहलपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै एपिएफले उपाधि जितेको हो ।
टस जितेर ब्याटिङ गरेको एपिएफले १ सय १० रन बनायो । उसका लागि अनिल शाहले सर्वाधिक ३१ रन, शङ्कर रानाले २३ रन तथा भुवन कार्कीले ११ रन बनाए ।
एपिएफका लागि पुलिस क्लबका ललितनारायण राजवंशीले ३, सागर ढकालले २, दीपेन्द्रसिंह ऐरी र मञ्जित श्रेष्ठले एक–एक विकेट लिए । एक सय ११ रनको विजयी लक्ष्य पछ्याएको पुलिस क्लब ७८ रनमै समेटियो । उसका लागि मञ्जित श्रेष्ठले २९ तथा सुनिल धमलाले १५ रन बनाए ।
बलिङतर्फ एपिएफका कमलसिंह ऐरीले ३, बसन्त रेग्मी र शरद भेषवाकरले २÷२ तथा भुवन कार्की र अमरसिंह रौटेलाले एक÷एक विकेट लिए ।
