महिला क्रिकेटको उपाधि एपिएफलाई

घोराही, १० वैशाख : दाङको लमहीमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको उपाधि एपिएफ क्लबले जितेको छ । उपाधिका लागि आज प्रदेश नं १ र एपिएफबीच खेल भएको थियो ।

एपिएफले प्रदेश १ लाई ८७ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै एर १२८ रन बनायो । यसका लागि ज्योति पाण्डेले ४५ तथा सीता राना मगरले ४२ रन बनाइन् । बलिङतर्फ प्रदेश १ की रुविना क्षेत्री, सबनम राई र सङ्गीता राईले तीन÷तीन विकेट लिइन् ।

एक सय २९ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको प्रदेश १ ले १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ४१ रन मात्र बनायो । प्रदेश १ का लागि रश्मी शर्मा चौलागाईंले अविजित २७ रन बनाइन् । बलिङतर्फ एपिएफकी रितुकुमारी कनोजिया, सरिता मगर र सीता राना मगरले दुई÷दुई विकेट लिए । आजको खेलमा रीता राना मगर ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् ।

प्रतियोगितामा उत्कष्ट बलर प्रदेश १ की सङ्गीता राई, उत्कृष्ट ब्याट्सवुमन सुदूरपश्चिम प्रदेशकी कविता जोशी र प्लेयर अफ दी टुर्नामेन्ट प्रदेश १ की रुविना क्षेत्री घोषित भइन् । प्रतियोगिताको कास्य पदक सुदूरपश्चिम प्रदेशले प्राप्त ग¥यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.