महर्जन कार्यवाहक प्रशिक्षक

काठमाडौँ, ६ भदौ : अखिले नेपाल फूटबल सङ्घ (एन्फा)ले राष्ट्रिय टोलीको कार्यवाहक प्रशिक्षकको जिम्मेवारी सहायक प्रशिक्षक बालगोपाल महर्जनलाई दिएको छ ।

एन्फाको आपत्काली बैठकले नेपाली राष्ट्रिय टोकलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजी नेपाल प्रवेश गर्न नपाउने भएपछि महर्जनलाई सो जिम्मेवारी दिइएको प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।

यही भदौ १९ गतेदेखि हुने साफ च्याम्पियनसीप प्रतियोगिताको टोली चयन गर्नुका साथै प्रशिक्षण गराउनुपर्ने भएकाले महर्जनलाई कार्यवाहक प्रशिक्षकको जिम्मेवारी दिइएको उहाँले जानकारी दिनुभयो ।

पर्यटक प्रवेशाज्ञामा नेपाल बस्दै आउनुभएका कोजीलाई सन् २०१८ मा १५० दिन नेपाल बसिरहेका कोजीलाई अध्यागमन विभागले केही समयअघि २०१८ भर नेपाल प्रवेश गर्न रोक लगाएको थियो । अठारौँ एसियन गेम्समा सहभागी हुन इण्डोनेसिया जानुभएका उहाँ त्यहीँबाटै जापान जानुभएको छ ।

साफ च्याम्पियनसीपको समूह ‘ए’ मा रहेको नेपालले यही भदौ १९ गते पाकिस्तानविरुद्ध खेल्दै साफको शुरुआत गर्नेछ । नेपालले दोस्रो खेलमा भुटानसँग भदौ २१ र बङ्गलादेशसँग २३ मा खेल्नेछ । समूह ‘बी’ मा भारत, श्रीलङ्का र माल्दिभ्स छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.