आठौँ राष्ट्रिय खेलकूद : साइक्लिङमा आर्मीलाई स्वर्ण

बाँके, २ वैशाख : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत क्रसकन्ट्री पुरुष साइक्लिङमा त्रिभुवन आर्मी च्याम्पियन बनेको छ । बैजनाथ गाउँपालिका– १ गाभरमा आज भएको सो प्रतियोगितामा आर्मीले एक स्वर्ण र एक रजत पदक जितेको छ ।

राष्ट्रिय साइक्लिङ खेलमा पुरुषतर्फ त्रिभुवन आर्मीका ओकेशराज बज्राचार्यले स्वर्ण जितेका हुन् । बज्राचार्यले ४ दशमलव ६ किलोमिटरको पाँच ल्याप एक घण्टा २५ मिनेट नौ सेकेन्डमा पूरा गरे । आर्मीकै हिमाल टमाटाले सो दूरी एक घण्टा २६ मिनेट ६ सेकेन्डमा पूरा गरी दोस्रो तथा गण्डकी प्रदेशका हिक्मत विकले एक घण्टा २६ मिनेट ४४ सेकेन्डमा पूरा गरी तेस्रो भए ।

क्रसकन्ट्री महिला साइक्लिङतर्फ ४ दशमलव ६ किलोमिटरको चार ल्यापमा प्रदेश नं ३ की लक्ष्मी मगरले स्वर्ण पदक जितिन् । उनले निर्धारित दूरी एक घण्टा २० मिनेट ५२ सेकण्डमा पूरा गरिन् । गण्डकी प्रदेशकी उषा खनालले सो दूरी एक घण्टा ३३ मिनेट ३८ सेकेण्डमा पूरा गरी दोस्रो तथा प्रदेश ३ की निरजला ताम्राकारले एक घण्टा ३५ मिनेट ५६ सेकेण्डमा दूरी पार गरी तेस्रो भइन् ।

बाँके साइक्लिङ सङ्घका अध्यक्ष राजकुमार विसीका अनुसार पुरुष साइक्लिङमा आर्मी र सशस्त्र प्रहरीको एपीएफ क्लब तथा ६ वटा प्रदेशका ३० खेलाडी सहभागी थिए । महिला साइक्लिङमा १२ खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal