नेपालले मलेसियालाई हरायो

काठमाडौँ, २ वैशाख : मलेसियामा जारी आइसिसी १९ वर्षमुनि ९यू–१९० एकदिवसीय विश्वकप क्रिकेटको एशिया छनोट प्रतियोगिताअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ ।

मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा नेपालले मलेसियालाई आठ विकेटले पराजित गर्दै विजयी भएको हो । तीन खेल खेलेको नेपालको यो दोस्रो जीत हो । नेपालले तीन खेलबाट चार अङ्क जोडेको छ ।

यसअघि छनोटको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई २१७ रनको भारी अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स ९युएई० सँग एक रनले पराजित भएको थियो । टस हारेर पहिले ब्याटिङ गरेका मलेसियाले नेपाललाई ९३ रनको विजय लक्ष्य दिएको थियो । जवाफमा नेपालले १३ ओभरमा मात्र दुई विकेट गुमाउँदै भेटायो ।

नेपालको जीतमा शुरुआती ब्याट्सम्यान रित गौतमले सर्वाधिक ३९ रन बनाए । ४५ बल खेलेका उनले पाँच चौका प्रहार गर्दै ३९ रनमा अविजित रहेका हुन् ।

त्यस्तै आसिफ शेखले २६ तथा पवन सर्राफले १९ तथा कप्तान रोहित पौडेल ६ रनमा अविजित रहे । बलिङतर्फ मलेसियाका साफिक स्याकिर र सुक्री मादेलीले एक/एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले ३३ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ९२ रनमा समेटिएको थियो ।

मलेसियाका लागि लेजाड ड्यानियल बिन अहमेदले सर्वाधिक ३७ रनको योगदान दिए भने कप्तान मोहमद अमिरले १३ तथा हाकिम हरिसनले १० रन बनाए ।

नेपालका पवन सर्राफ र कुशल मल्लले तीन÷तीन विकेट लिए भने कमल सिंह ऐरीले दुई विकेट झारे ।

अब नेपालले आफ्नो चौथो खेल भोलि ओमानसँग खेल्नेछ । उक्त छनोट प्रतियोगिताको विजेताले सन् २०२० मा दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal