आठौँ राष्ट्रिय खेलकूद : टेबलटेनिस खेल सकियो

घोराही, ३० चैत : दाङमा जारी आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत ४०औँ टेबलटेनिस प्रतियोगिताका आज सम्पन्न दुई खेलमा दुवै खेलमा नेपाल पुलिस क्लबले स्वर्ण र दुई रजत पदक जितेको छ भने एपिएफले दुई कास्य र त्रिभुवन आर्मी क्लबले दुई–दुई कास्य पदकमा चित्त बुझाएका छन् ।

आज भएको पुरुष एकल प्रतियोगितामा नेपाल प्रहरीका श्यान्टु श्रेष्ठले स्वर्ण, प्रहरीकै प्रदीप रोकाले रजत र सशस्त्रको एपिएफका डिलस श्रेष्ठ र शिव सुन्दर गोचेले कास्य पदक हात पारेका छन् । आजै भएको अन्तिम महिला एकलमा नेपाल प्रहरीकी बबिता श्रेष्ठले स्वर्ण, प्रहरीकै एलिना महर्जनले रजत र त्रिभुवन आर्मी क्लबका रविना महर्जन र दीक्षा तामाङले कास्य पदक हात पारेका छन् ।

शुक्रबार भएको पाँच खेलमा नेपाल प्रहरीले चार स्वर्ण र एउटा रजत पदक जितेको थियो । यस्तै सशस्त्र प्रहरीको एपिएफ क्लबले एउटा स्वर्ण, दुई रजत तथा दुई कास्य पदक हात पारेको थियो भने नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले दुई रजत तथा दुई कास्य जितेको थियो ।

यसअघि बिहीबार सम्पन्न खेलमा प्रहरीले तीन तथा एपिएफ क्लबले एउटा स्वर्ण पदक जितेको थियो । बिहीबार महिला समूहगत स्पर्धामा पुलिस क्लब र एपिएफ क्लबले स्वर्ण पदक जितेको थियो । गत चैत २७ गते देखि शुरु भएको टेबल टेनिस खेल आज सकिएको छ । यस पटकको राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा विभिन्न प्रकारका सातवटा प्रतियोगिता गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal