नेपालद्वारा सिङ्गापुर पराजित

काठमाडौँ, २९ चैत : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) यू–१९ एक दिवसीय विश्वकप क्रिकेटको एशिया छनोटमा नेपालले विजयी शुरुआत गरेको छ । आज भएको पहिलो खेलमा नेपालले सिङ्गापुरलाई २१७ रनको फराकिलो अन्तरले हराएको हो ।

मलेसियाको क्वालालम्पुरमा नेपालले सिङ्गापुरलाई २८३ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको सिङ्गापुरले ३१ ओभरमा सवै विकेट गुमाउँदै ६५ रन बनायो । सिङ्गापुरका इशान स्वानीले सर्वाधिक २८ र साइ भेनु गोपालले १८ रन बनाए । बलिङतर्फ नेपालका पवन सर्राफले तीन, कुशल मल्ल र सूर्य तामाङले दुई÷दुई तथा राशिद खानले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ४६ ओभरमा सवै विकेट गुमाई २८२ रन बनाएको थियो । नेपालले १८ रन जोड्दा दुई विकेट गुमाएको थियो । कप्तान रोहितकुमार पौडेल र पवन सर्राफले ९० रनको साझेदारी गरी नेपाललाई सम्मानजनक स्कोरसम्म पु¥याएका थिए । रोहितले ९५ रन तथा पवनले ४७ रन बनाए ।

राशिद खानले ४८, कमलसिंह ऐरीले ३१ तथा भीम सार्कीले २६ रन बनाए । बलिङतर्फ सिङ्गापुरका लागि आथर्भा गुनेले चार, राहुल शर्मा र बिनित मेहेताले दुई÷दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal