पन्ध्रौँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति प्रतियोगिता

काठमाडौँ, ११ चैत : पन्ध्रौँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुला लनटेनिस प्रतियोगिताअन्तर्गत आज भएको पुरुष एकलतर्फको खेलमा कमल भण्डारी विजयी भएका छन् । सशस्त्र प्रहरी बल (एपिएफ)को आयोजनामा भएको सो प्रतियोगितामा कमलले छेवाङ्ग लामालाई ६–० र ६–१ अङ्कले पराजित गरेका हुन् ।

आजै भएका अन्य खेलमा प्रणव खनालले गौरवप्रताप शाहीलाई ६–० र ६–१ अङ्कले, सम्यक बज्राचार्यले पल मार्टिन सोललाई ५–७, ६–४ र ६–३ अङ्कले, जीतेन्द्र परियारले रामबहादुर रोक्कालाई ६–० र ६–० अङ्कले, अनिल शाहीले नविन मगरलाई ६–१, ३–६ र ६–१ अङ्कले, इभानोई लिसानोवीकले प्रदिप खड्कालाई ६–२ र ६–३ अङ्कले तथा सन्तोष खत्रीले मनोज महर्जनलाई ६–० र ६–० अङ्कले पराजित गरेका छन् ।

यसैगरी लनटेनिसतर्फ महिला एकलमा भगवती विकले इन्द्रकला श्रेष्ठलाई ६–२ र ६–३ अङ्कले, इन्टरगर्भमेन्टल सर्भिस विधातर्फ केशर गुरुङले किरणजंग कुँवरलाई ६–२ र ६–० अङ्कले तथा चन्द्र थापाले देव क्षेत्रीलाई ६–१ र ६–२ अङ्कले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आजै सम्पन्न ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ नेपाल पुलिस क्लबका सुनिल जोशीले नेपाल एपीएफ क्लबका पूर्णबहादुर थापालाई २१–९ र २१–१६ अङ्कले, ज्येष्ठ ब्याडमिन्टन एकेडेमीका विष्णु कटुवालले नेपाल पुलिस क्लबका आशिष तामाङलाई २१–८ र २१–१० अङ्कले, त्रिभुवन आर्मी क्लबका राकेश महर्जनले नेपाल एपीएफ क्लबका सुमन लिम्बुलाई २१–१३ र २१–१६ अङ्कले, नेपाल पुलिस क्लबका जीवन आचार्यले नेपाल एपीएफ क्लबका प्रियान्सुसिंह क्षेत्रीलाई २१–१४ र २१–११ अङ्कले, नेपाल एपीएफ क्लवका निरबिक्रम देवकोटाले ज्येष्ठ ब्याडमिन्टन एकेडेमीका अखिल श्रेष्ठलाई २१–१६ र २१–१३ अङ्कले तथा नेपाल एपीएफ क्लबका साजनकृष्ण ताम्राकारले कैलालीका अमृत चौधरीलाई २१–१३ र २१–१५ अङ्कले पराजित गरे ।

यसैगरी ब्याडमिन्टनकै पुरुष युगलतर्फको खेलमा मनोज डगौरा र विजय बानियाँले निशेषराज शाक्य र सुजित महर्जनको जोडीलाई २१–१३ र २१–१३ अङ्कले, नेपाल एपीएफ क्लबका विशाल प्रधान र विमल श्रेष्ठको जोडीले धादिङका मोहन गुरुङ र रुपक श्रेष्ठको जोडीलाई २१–९ र २१–१० अङ्कले तथा नेपाल एपीएफ क्लबका पेम्वा शेर्पा र प्रियान्सुसिंह क्षेत्रीको जोडीले ज्येष्ठ ब्याडमिन्टन एकेडेमीका राम बानियाँ र सुजन थापाको जोडीलाई २१–१७, १८–२१ र २१–१९ अङ्कले पराजित गरेका छन् ।

नेपाल पुलिस क्लबका दिपक बोहोरा र जीवन आचार्यको जोडी तथा सोही क्लबका अनिस श्रेष्ठ र गौरव दाहालको जोडीले वाक ओभर पाएका छन् । त्यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक छैठौँ राष्ट्रिय खुुला महिला भलिबल प्रतियोगितामा नेपाल एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई २५–१७, २५–१३ र २५–२० अङ्कको सोझो सेटमा तथा न्यू डाइमण्ड एकेडेमी, काठमाडौँले नेपाल पुलिस क्लबलाई २५–२३, १४–२५, २५–१५ र २५–१५ अङ्कले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.