साफ फुटबलः फाइनलमा नेपाल भारतसँग भिड्ने

विराटनगर, ६ चैत : पाँचौँ महिला साफ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो सेमिफाइन खेलमा भारतले बङ्गलादेशलाई ४–० गोलले पराजित गरेको छ । भारतले अब फाइनल खेल नेपालसँग खेल्नेछ ।

विराटनगरको शहीद रङ्गशालामा आज भएको खेलमा भारतीय खेलाडी इन्दुमती कथरेसाले दुई तथा डालिमा छिबर र मनिषाले एक÷एक गोल गरिन् । भारतका लागि खेलको १७औँ मिनेटमा छिबरले पहिलो गोल गरिन् भने कथरेसाले २२औँ मिनेटमा अर्को गोल गर्दै भारतलाई २–० को अग्रता दिलाइन् । यस्तै खेलको ३७औँ मिनेटमा कथरेसाले व्यक्तिगत दोस्रो गोल गरी भारतलाई ३–० को अवस्थामा पु¥याइन् । खेल सकिन केही मिनेट बाँकी छँदा भारतीय खेलाडी मनिषाले गोल गर्दै भारतलाई ४–० गोलले जिताइन् ।

शुक्रबार नेपाल र भारतबीच फाइनल खेल हुनेछ । भारत पाँचौँ पटक फाइनलमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
info@mediamissionnews.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal