राहुल र पलिस्था विश्व च्याम्पियनसीपमा भिड्ने

काठमाडौँ, २८ फागुन : थाइल्याण्डमा हुने १६औँ विश्व मुवाँथाई च्याम्पियनसीपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । यही फागुन २८ देखि चैत ६ गतेसम्म बैंककमा हुने उक्त च्याम्पियासीपमा नेपालका राहुल श्रेष्ठ र पलिस्था कक्षपतिले नेपालको चुनौती प्रस्तुत गर्ने भएका हुन् ।

नेपाल राष्ट्रिय मुवाँथाई सङ्घका अध्यक्ष गणेशलाल कक्षपतिको नेतृत्वमा उक्त च्याम्पियनसीपमा प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसीपमा सहभागी हुने नेपाली चार सदस्यीय टोलीलाई आज यहाँ आयोजित एक कार्यक्रममा गिनिज बुक अफ वल्र्ड रेकर्डमा दुईपटक नाम लेखाउन सफल दिनेश सुनारले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।

च्याम्पियनसिपमा राहुलले ५७ केजीमुनि सेमि प्रोफेसनल र पलिस्थाले ३५ केजीमुनि एमेच्योरमा प्रतिस्पर्धा गर्ने मुख्य प्रशिक्षक समेत रहेका कक्षपतिले जानकारी दिनुभयो । टोलीको सहायक प्रशिक्षकमा उत्तम गुरुङ छन् । राहुलले अन्तर्राष्ट्रिय च्याम्पियनसीपमा तीन स्वर्ण जितेका छन् भने पलिस्थाले दुई स्वर्ण पदक प्राप्त गरिसकेकी छन् । नेपाली टोली बुधबार बैंककतर्फ प्रस्थान गर्नेेछ ।

स्की टोली कोरिया जाने 

अठारौँ एशियन अल्पाइन चिल्ड्रन च्याम्पियनसीपमा सहभागी हुन चार खेलाडीसहित ५ सदस्यीय नेपाली स्की टोली भोलि बुधबार दक्षिण कोरियाको ग्वाङवोन जाने भएको छ ।

मार्च १६ र १७ तारिखमा हुने प्रतियोगिताको पुरुषमा दिनेशकुमार बोहरा र उमङ्ग रञ्जित तथा महिलामा लक्ष्मी राई र पलिसा बज्रचार्यले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । प्रवीण कर्माचार्यले टिम प्रशिक्षक र व्यवस्थापक दुवैको भूमिका निर्वाह गर्नेछन् ।

टोलीलाई सङ्घीय सांसद्, नेपाल स्की सङ्घका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सातदोबाटोमा आयोजित एक कार्यक्रम सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal