स्पेनमा रोशन र सुनीललाई पदक

काठमाडौँ, १३ फागुन : स्पेनमा भएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपालका सुनील मल्ल ठकुरी र रोशन आचार्यले पदक हात पारेका छन् ।

आज स्पनेको भ्यालेन्सियास्थित अलमसेरा स्पोट्र्स सेन्टरमा भएको खेलमा सुनीलले फाइटतर्पm स्वर्ण पदक दिलाएको नेपाली टोलीका प्रशिक्षक अभिषेक मल्लले जानकारी दिनुभयो । रोशनले भने कास्य पदक जित्न सफल भए । सुनीलले पुरुष ६३ केजीको फाइनलमा स्पेनका भिक्टर मार्टिन पेरेजलाई स्तब्ध बनाउँदै स्वर्ण जित्न सफल भएको प्रशिक्षक अभिषेकले बताउनुभयो । त्यसअघि सेमिफाइनलमा भने उनले अफगानिस्तानका अहमद जावेद नाविजादालाई हराउँदै स्वर्ण पदकको भिडन्त तय गरेका थिए ।

त्यस्तै नेपालका रोशनले फाइटतर्फ पुरुष ५३ केजीको पहिलो खेलमा चीनका जियान हाउ झिउमाथि जीत रचेका थिए । त्यसपछिको क्वार्टरफाइनल खेलमा भने रोशनले अफगानिस्तानका हेदायातुल्लाह उस्मानीलाई स्तब्ध बनाउँदै कास्य पदक पक्का गरे । सोही च्याम्पियनसिपमा नेपालका प्रशिक्षक समेत रहेका अभिषेक मल्ल बेस्ट रेफ्रीको अवार्ड हात पार्न सफल भए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.