रानीपोखरी कर्नर टिम विजयी

काठमाडौँ, १० फागुन : शहीद स्मारक बी डिभिजन लिग फुटलब प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा रानीपोखरी कर्नर टिम (आरसीटी) क्लब विजयी भएको छ ।
सातदोबोटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा आरसीटीले झम्सिखेल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । आरसीटीको जितमा नवराज गुरुङले गोल गरे । आरसीटीका नवराजले खेलको दोस्रो हाफको ४८ औँ मिनेटमा गरेको एक गोल नै निर्णायक सावित भयो । जीतसँगै आरसीटीले ७ अंक जोडेको छ भने पराजित झम्सिखेलको आठ अंक छ ।

शर्मा एशियन हक्की महासंघको सदस्यमा निर्वाचित 

जापानको जिफु शिमा भएको एशियन हक्की महासंघको कँग्रेस तथा निर्वाचनले नेपाललाई महासंघको नयाँ कार्यसमितिको सदस्यमा चयन गरेको छ ।

आज सम्पन्न निर्वाचनले महासंघको कार्यकारी समितिमा नेपाल हक्की संघका बरिष्ठ उपाध्यक्ष अनिलप्रसाद शर्मालाई चार वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित गरेको जापानबाट संघका सचिव रन्जन थापाले जानकारी दिनुभयो । महासंघको कँग्रेसले जापानका दातो फुमिओ ओगुराको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यकारी समिति चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.