शहीद स्मारक फुटबल : चौथो चरणको पहिलो खेलमा टुसाल युथ क्लब विजयी

काठमाडौँ, ७ फागुन : शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको चौथो चरणको पहिलो खेलमा टुसाल युथ क्लब विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा टुसाल युथ क्लबले मध्यपुर युथ एशोसिएशनलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । जितसँगै टुसाल १० अङ्कका साथ तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

टुसालको जितमा एलोन राईले गोल गरे । उनले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । पराजीत मध्यपुरको भने छ अङ्क छ । विभिन्न १२ टोलीले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगिताको विजेता टोलीले रु आठ लाख प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.