म्याराथन दौड प्रतियोगिता फागुनमा

काठमाडौँ, २७ माघ :  नेपाली सेनाअन्तर्गत सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रको आयोजनामा प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगिता २०७५ फागुनमा हुने भएको छ ।

‘रन फर फन’ भन्ने मूल नारा रहेको उक्त प्रतियोगिता आगामी फागनु १८ गते महाशिवारात्री तथा सेना दिवसको अवसरमा आयोजना गरिने सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रका केन्द्रपति शशीकिरण रायमझीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितमा विभिन्न पाँच विधाको स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ४२.१९५ किमिको म्याराथन, हाफ म्याराथन महिला/पुरुष तथा ४५ वर्षमाथि उमेर समूहको दौड, १० किमि दौड, पाँच किमिको वाकाथन र सैनिक विद्यालयकका छात्रछात्राको लागि पाँच किमिको दौड हुनेछ ।

म्याराथनमा पुरुष खेलाडीले मात्र सहभागिता जनाउनेछन् भने हाफमा ४५ वर्षमाथिका महिला तथा पुरुष खेलाडीले भाग लिनेछन् । त्यसैगरी १० किमि दौडमा विदेशी सैनिक सहचारी (महिल/पुरुष) र सैनिक अधिकृतको सहभागिता रहनेछ ।

पाँच किमि वाकाथनमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, निजामती उच्च पदाधिकारी र आमन्त्रित व्यक्तित्वको सहभागिता रहनेछ भने पाँच किमी दौडमा सैनिक विद्यालयका छात्र÷छात्रा, सकल दर्जाका छोरा छोरीले भाग लिनेछन् ।

म्याराथनमा पहिलो हुने खेलाडीले रु एक लाख २५ हजारसहित १५० सिसिको बजाज कम्पनीको मोटरसाइकल पाउनेछ । त्यस्तै दोस्रोले रु ६५ हजार, तेस्रोले रु ३५ हजार, चौथोले रु २५ हजार, पाँचौले रु १५ हजार, छैठौँले रु १० हजार र सातौँ हुने खेलाडीले रु पाँच हजार पाउने छन् ।

हाफ म्याराथनअन्र्गत ४५ वर्ष उमेर समूहका पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः रु ५० हजार, रु ३५ हजार र रु २५ हजार पाउनेछन् भने ४५ वर्षमाथि उमेर समूहका खेलाडीले रु ४० हजार, रु २५ हजार र रु १५ हजार पाउनेछ ।

दश किमी दौडमा पहिलो दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश: रु आठ हजार, रु ६ हजार र रु पाँच हजार पाउने छन् भने १० किमिकै सैनिक अधिकृत विधातर्फ पहिलो हुनेले रु चार हजार, दोस्रोले रु तीन हजार र तेस्रो हुने खेलाडीले रु दुई हजार पाउने छन् । पाँच किमिको छात्रछात्रा दौडमा पहिलो हुनेले रु १० हजार, दोस्रोले रु सात हजार र तेस्रो हुने खेलाडीले रु पाँच हजार पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal