टेनिसको उपाधि जापानका जेनी र चीनका लिउलाई

चिप्लेढुङ्गा, २६ माघ : पोखरामा सम्पन्न १८ वर्ष मुनिको डिभिजन पाँच आइटीएफ टेनिस प्रतियोगिताको उपाधि जापानका जेनी इनोले जितेका छन् ।

पोखरा रङ्गशालामा आज सम्पन्न फाइनलमा हङकङका केल लोक इन ताङलाई ६–३, ६–० को सोझो सेटमा पराजित गर्दै जेनीले सो उपाधि हात पारेका हुन् । जितसँगै उनले आइटीएफको ३० अङ्क प्राप्त गरेका छन् । दोस्रो स्थानमा चित्त बुझाएका इन ताङले १८ अङ्क प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत महिला एकलतर्फको उपाधि चीनकी ले यि लिउले जितिन् । फाइनल खेलमा बुल्गेरियाकी भिक्टोरिया भेलेभालाई ६–३, ६–१ को सेटमा पराजित गर्दै लिउले प्रथम स्थान हासिल गरिन् । उनले पनि आइटीएफको ३० अङ्क प्राप्त गरिन् भने दोस्रो भएकी भिक्टोरियाले १८ अङ्क आफ्नो खातामा जोडिन् ।

पुरुष डबल्सतर्फ भारतका उदयबिर सिंह र फिलिपिन्सका जोसे एन्टोनियो ट्रियाको जोडीले प्रथम स्थान हासिल ग¥यो । सो जोेडीले फाइनलमा जर्मनका पाउल अर्मिन अल्बे्रच्ट र अमेरिकाका हानु पटेलको जोडीलाई ६–२, ७–५ को सेटमा पराजित गरे । महिला डबल्सतर्फ चीनका लि यु लियु र इतोङ झाङको जोडीले चीनकै क्ङ्गिलिन झाङ र जिछुअन जेङको जोडीलाई ६–४, ६–४ को सेटमा पराजित गर्दै प्रथम हुन सफल भए ।

डबल्सतर्फ प्रथम हुनेले आइटीएफको २५ अङ्क प्राप्त गरे भने दोस्रो हुने जोडीले १३ अङ्क प्राप्त गरेका छन् । विजयी खेलाडीलाई स्थानीय संयोजनकर्ता कास्की जिल्ला टेनिस सङ्घले मेडल पुरस्कार प्रदान गरेको छ । खेलाडीलाई सङ्घका अध्यक्ष दोर्जे लामा, अग्रज पत्रकार नारायण कार्की, प्रतियोगिता संयोजक सूर्यबहादुर भुजेल, कास्की जिल्ला टेनिस अभिभावक सङ्घका पदाधिकारी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Contact us
Address :
Durbarmarga, Kathmandu Nepal
Contact No:
9851155800, 9861155800
Email:
mediamissionnepal@gmail.com
DOIB Regd No.: 905/075/076
PAN: 606662442
OCR Regd No.: 193288/075/076
Run by Media Mission Nepal Pvt. Ltd.
About us
Chairperson/Editor-in-Chief:
Teknath Neupane
Editor:
Goma Bhandari
Managing Director:
Dr. Ganesh Prasad Acharya
© 2018 Mediamission
Designed By: Web House Nepal