छात्रतर्फ एलेन र छात्रातर्फ पूजालाई स्वर्ण

काठमाडौँ, ६ माघ : सशस्त्र प्रहरी बल (एपिएफ) क्लबका एलेन महर्जनले प्रथम एन्टा कप राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगिताको यु–१० छात्र एकल विधामा आज स्वर्ण जितेका छन् ।

राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा भएको फाइनल खेलमा एलेनले काठमाडौँका एड्रियन शाहीलाई ८–११, ११–९, ११–९ र ११–८ अङ्कले पराजित गरे । काठमाडौँका उज्ज्वल मानन्धर तथा ललितपुरका कृष्णबहादुर महरा तेस्रो भए ।

उक्त स्पर्धाको छात्रातर्फ काठमाडौँका पूजा सोती च्याम्पियन बनिन् । फाइनलमा पूजाले भक्तपुरका क्यारिना सुवाललाई ७–११, ११–७, ११–५ र ११–५ अङ्कले हराइन् । ललितपुरका अनामिका कस्ती र सुनसरीका सुलेखा ठाकुर तेस्रो भए । अखिल नेपाल टेबलटेनिस सङ्घको आयोजनामा भइरहेको प्रतियोगिताको छात्रा टिम इभेन्टको फाइनलमा भक्तपुरले काठमाडौँलाई ३–२ सेटले पाखा लगाउँदै शीर्ष स्थान हात पा¥यो । रुपन्देही र एपिएफ तेस्रो बने ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.