ढोरपाटन महिला भलिबल शनिबारदेखि
काठमाडौँ, ४ माघ : चौधौँ संस्करणको ढोरपाटन महिला भलिबल च्याम्पियनशिप शनिबारदेखि हुने भएको छ ।
आयोजक ढोरपाटन स्पोर्टस क्लबले पत्रकार सम्मेलन गर्दै शनिबारदेखि शुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा यही माघ १९ गतेसम्म चल्ने प्रतियोगितामा तीन विभागीयसहित नौ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
च्याम्पियनशिपमा नेपाल एपिएफ क्लब, न्यू डायमण्ड एकेडमी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, श्री गाउँ स्पोर्टस विकास कमिटी, चितवन टाइगर्स, थ्री स्टार एकेडमी, सेब स्कूल र थाहा नगरपालिका मकवानपुरले प्रतिस्पर्धा गर्नेछन् । विजेताले रु तीन लाख ५० हजार, उपविजेताले रु दुई लाख र तेस्रो हुनेले रु एक लाख पुरस्कार पाउनेछन् । यस्तै चौथो हुनेलाई रु ६० हजार, पाँचौँ हुनेलाई रु ४० हजार, छैटौँ हुनेलाई रु ३० हजार तथा सातौँ हुने टोलीले रु २० हजार पुरस्कार दिइने आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिनुभयो ।
शनिबार मकवानपुर र सेब स्कूल तथा त्रिभुवन आर्मी क्लब र श्री गाउँ खेलकूद विकास समिति दाङबीच खेल हुनेछ । पोखराको ज्ञानुबाबा स्कूल र विभागीय नेपाल एपिएफ क्लबले अहिलेसम्म पाँच÷पाँच पटक उपाधि जितेका छन् । ज्ञानुबाबा दोस्रोदेखि छैटौँ संस्करणसम्म तथा साताँै संस्करणमा पुलिस क्लब, ११औँ संस्करणसम्म एपिएफ, १२औँ संस्करणमा रिड मोडल तथा १३औँ संस्करणमा एपिएफ च्याम्पियन बनेको थियो ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानी दर्शकले एक/एक थान सुजुकी स्कुटर पाउनेछन् । त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकलाई रु छ÷छ हजार पुरस्कार प्राप्त गर्ने अध्यक्ष छन्त्यालले जानकारी दिनुभयो ।
महिला भलिबलको फाइनलमा पुलिस र एपीएफ भिड्ने
दोस्रो सभामुख कप महिला राष्ट्रिय भलिबल प्रतियोगितामा दुई विभागीय टोली नेपाल पुलिस र एपीएफ भिड्ने भएका छन् ।
पोखरा रङ्गशालास्थित भलिबल टे«निङ सेन्टरमा आज भएको सेमिफाइनल खेलमा नेपाल पुलिस क्लवले प्रदेश नं ३ माथि ३–२ को रोमाञ्चक जित निकाल्यो । कोपिला उप्रेतीको कप्तानी कोर्टमा उत्रिएको पुलिसले स्टार खेलाडी प्रतिभा मालीको प्रदेश नं ३ विरुद्ध पहिलो सेट १८–२५ ले गुमाएको थियो भने दोस्रो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै २५–२० ले आफ्नो पक्षमा पार्न सफल भयो ।
प्रदेश नं ३ ले तेस्रो सेट २५–२३ ले कब्जा जमाएर २–१ को अग्रता लियो । दबाबमा परेको पुलिसले प्रदेश नं ३ लाई स्तब्ध बनाउँदै चौथो र पाँचौँ सेट २७–२५ र १५–७ ले आफ्नो पक्षमा पार्दै उपाधि नजिक पुग्न सफल भएको हो । अर्को सेमिफाइनल प्रतियोगितामा एपीएफले गण्डकी प्रदेशलाई २५–८, २५–१८ र २५–११ को सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको हो ।
राष्ट्रिय खेलकूद परिषद्को आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिको संयोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा प्रथम टोलीले रु तीन लाख ५० हजार, दोस्रोले रु एक लाख ७० हजार, तेस्रोले रु एक लाख र चौथोले सान्त्वनास्वरुप रु ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
