स्वर्ण पदक विजेता महर्जन सम्मानित

काठमाडौँ, २२ पुस : नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घले विश्व शारीरिक सुगठनका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई आज सम्मान गरेको छ । उहाँलाई सङ्घले रु ५० हजारसहित सम्मानित गरेको हो ।

सोही अवसरमा संयुक्त अरब इमिरेट्स(युएइ) जुनियर इन्टरनेशनल सिरिजको पुरुष एकलतर्फ स्वर्ण पदक विजेता प्रिन्स दाहाल, फुटबल रेफ्री विना श्रेष्ठ र एभरेष्ट मार्सल आर्ट क्लबका प्रमुख प्रशिक्षक रवि शाहीलाई समेत सम्मानित गरिएको थियो । उहाँहरुलाई पूर्वयुवा तथा खेलकूदमन्त्री शरतसिंह भण्डारी, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य एवं नेपाल कराँते महासङ्घका अध्यक्ष दावा गुरुङ, खेलाडी तथा प्रशिक्षक सङ्घका अध्यक्ष महेश महर्जनलगायतले सम्मान गर्नुभएको थियो

महर्जनले थाइल्याण्डको चाङमाइमा गत डिसेम्बरमा भएको १०औँ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपको शारीरिक सुगठनतर्फ पुरुष ७५ किलो तौलमा स्वर्ण पदक जित्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.