रेलिगेसनबिनाकै लिग

काठमाडौँ, २५ साउन : अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस वर्ष रेलिगेसनबिनाको लिग गर्ने निर्णयमा पुनःविचार गर्न नसकिने प्रष्ट पारेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित पत्रकार भेटघाटमा प्रवक्ता किरण राईले फूटबलको सर्वोच्च निकाय (फिफा) र एएफसीसँग अनुमति लिइसकेको, लिग खेल्न क्लवसँग सहमति भइसकेको तथा लिग कमिटीले पनि धेरै काम अघि बढाइसकेकाले एक सिजनका लागि रेलिगेनबिनाको लिग गर्ने प्रष्ट पार्नुभयो ।

पाँच वर्षपछि शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आगामी असोज १४ गतेदेखि शुरु हुँदैछ । लिग माघसम्म सञ्चालन हुनेछ । त्यसका लागि एन्फाले लिग संयोजकको रुपमा पूर्व राष्ट्रिय खेलाडी विज्ञानराज शर्मा र निर्देशकको जिम्मेवारी खेल विश्लेषक सञ्जीव मिश्रलाई दिइसकेको छ ।

एन्फाले विदेश विभाग प्रमुखमा नियुक्ति भइ फिफा कंग्रेसमा सहभागिता जनाएका नविन पाण्डे विदेशी नागरिक नभएको बरु गैरआवासीय नेपाली भएको भन्दै आफ्नो बचाउ समेत गरेको छ । केही दिन पहिलो पाण्डे नेपालको नेतृत्व गर्दै फिफा काँग्रेसमा सहभागी भएपछि त्यसको विरोध भएको थियो ।

गैरआवासीय नेपालीसँग सहकार्य गर्ने सरकारी नीति नै भएकाले उनलाई विदेश विभाग प्रमुख बनाइएको प्रवक्ता राईको भनाइ थियो ।

सो अवसरमा एन्फाको विशेष साधारणसभा आगामी साउन ३० गते चितवनमा गर्ने जानकारी दिइयो । साधारणसभाले संघीयताअनूकूल विधान बनाउनेछ बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.