राष्ट्रका लागि पदक दिलाउँदा खुशी छु : बडि बिल्डर महर्जन

थाइल्याण्डको चाङमईमा भएको १० औँ विश्व च्याम्पियनसीप शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स प्रतियोगितामा ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेर मंगलबार स्वदेश फर्केका बडि बिल्डर महेश्वर महर्जन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्वीर: रत्न श्रेष्ठ

काठमाडौँ, १० पुस : विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनसीपमा नेपाललाई स्वर्ण पदक दिलाएका बडि बिल्डर महेश्वर महर्जनको भव्य स्वागत गरिएको छ । 

थाइल्याण्डको चाङमईमा भएको १० आँै विश्व च्याम्पियनसीपमा स्वर्ण जितेर आज नेपाल फर्कनुभएका महर्जनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका पदाधिकारीले भव्य स्वागत गर्नुभएको थियो । सो अवसरमा उपाध्यक्ष तिम्सिनाले राष्ट्रका लागि पदक जित्न सफल खेलाडी महर्जनलाई सरकारका तर्फबाट उचित सम्मान गरिने बताउनुभयो । “पदक विजेता महर्जनलाई हामी उचित पुरस्कारद्वारा सम्मान गछौँ”–उहाँको भनाइ थियो । 

पदक विजेता महर्जनले देशको नाम उच्च स्थानमा राख्न पाउँदा आफू निकै भावुक बनेको बताउनुभयो । “विदेशी भूमिमा एक्लो भएर हर्षका आँशु आएको थियो” पदक जिते लगत्तै हर्षित मुद्रामा आँशु बगाएका महर्जनले विमानस्थलमा सञ्चारकर्मीसँग भन्नुभयो । “अन्तर्राष्ट्रिय मञ्चमा नेपालका लागि पदक जित्न सफल भएको छु, आफूलाई गौरवको महसुस भएको छ”, महर्जनले भन्नुभयो । बडि बिल्डिङमा धेरै खर्च हुने गरेको बताउँदै महर्जनले प्रतियोगिताका लागि मात्र आफूले आठ÷नौ लाख खर्च गरेको बताउनुभयो । 

यही पुस १ गते थाइल्याण्डमा सम्पन्न बल्र्ड बडी बिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसीपमा महेश्वरले ७५ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल हुनुभएको थियो । 

विश्व च्याम्पियनसीपमा नेपाली बडीबिल्डर विजेता बनेको यो पहिलो पटक हो । यसअघि श्याम श्रेष्ठले रजत पदकसम्म जित्नुभएको थियो । च्याम्पियनसीपको पुरुष ७५ केजीमा महर्जनले भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्नुभएको हो । बाह्र खेलाडी सहभागी उक्त प्रतिस्पर्धामा भारत दोस्रो र सिङ्गापुर तेस्रो भएको थियो । महर्जनको स्वागतमा विमानस्थलमा नेपाली समर्थकको बाक्लो उपस्थिति रहेको थियो । 

महर्जनलाई तीन लाख दिइने

नेपाल शारीरिक सुगठन सङ्घले थाइल्याण्डको चाङमईमा भएको विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई रु तीन लाखबाट सम्मानित गर्ने घोषणा गरेको छ । 

नेपाल बडी बिल्डिङ एशोसिएशनका अध्यक्ष राजेशबाबु श्रेष्ठले विज्ञप्त जारी गर्दै महेश्वरलाई सङ्घका तर्फबाट रु तीन लाख प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । महेश्वरले सङ्घको मात्रै नभई सिङ्गो देशको नाम उचो बनाएको उहाँको भनाइ छ । 

थाइल्याण्डको चाङमईमा भएको १०आँै विश्व च्याम्पियनशिपमा स्वर्ण जितेर नेपालको नाम संसारमा चिनाउन सफल भएको भन्दै सङ्घले महर्जनलाई सो सम्मान प्रदान गर्न लागेको हो । विश्व च्याम्पियनशिपमा नेपाली बडी बिल्डर विजेता बनेको यो पहिलोपटक हो । यसअघि श्याम श्रेष्ठले रजत पदकसम्म जितेका थिए । 

च्याम्पियनशिपको पुरुष ७५ केजीमा महर्जनले भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका थिए । बाह्र खेलाडी सहभागी उक्त स्पर्धामा भारत दोस्रो र सिङ्गापुर तेस्रो भएको थियो । आजै स्वदेश फर्केका महर्जनको स्वागतका लागि विमानस्थलमा नेपाली समर्थकको बाक्लो उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.