थ्री स्टार र च्यासल बराबरीे

काठमाडौँ, ७ पुस : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा थ्री स्टार र च्यासल युथ क्लबले गोल रहित बराबरी खेलेका छन् । 

सशस्त्र प्रहरी बलको हल्चोकस्थित खेल मैदानमा भएको लिगको दशौँ चरणअन्तर्गत भएको खेलमा थ्री स्टारले च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेलेको हो । आजको बराबरीसँगै थ्री स्टारको १० खेलबाट २३ अङ्क भएको छ । तेस्रो स्थानको थ्री स्टार शीर्ष स्थानको मनाङभन्दा चार अङ्कले पछाडि परेको छ । अहिलेसम्मका १० खेलमा च्यासल १४ अङ्क जोड्दै छैटौँ स्थानमा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.