फुटबल–पुलिस र ब्रिगेड ब्वाइजको खेल बराबरी

काठमाडौँ, ४ पुस : शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको पहिलो खेलमा बिग्रेड ब्वाइज र पुलिसले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन । यस खेलसँगै नवौँ खेल खेलेको पुलिस १५ अङ्कका साथ अङ्क तालिकाको पाचौँ स्थानमा छ भने समान खेल खेलेको ब्रिगेड ब्वाइज पाँच अङ्कका साथ एघारौं स्थानमा छ । 

खेलमा शुरुवाती अग्रता भने ब्रिगेड ब्वाइजले लियो । खेलको पाँचौं मिनेटमा ब्रिगेड ब्वाइजका ऋतिक खड्काले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । उनले विदेशी खेलाडी काजिमले उपलब्ध गराएको पासमा गोल गरेका थिए । 

ब्रिगेड ब्वाइजले आफ्नो शुरुवाती १–० को अग्रतालाई कायम गर्न सकेनन् । खेलको ७५औँ मिनेटमा पुलिसका अभिषेख रिजालले एक गोल फर्काउँर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए । उनले हेम तामाङको पासमा गोल गरेका थिए । 

खेलमा पुलिसका हेम तामाङ म्यान अफ द म्याच घोषित भए । सोही मैदानमा आजै हुने दोस्रो खेलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.