नेपाल-पाकिस्तान मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उद्घाटन

काठमाडौँ, २६ मङ्सिर । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नेपाल-पाकिस्तान मैत्रीपूर्ण टि-२० क्रिकेट प्रतियोगिताको उद्घाटन गनुभयो ।

हाल काठमाडौँमा आयोजना भै रहेको उक्त चौथो वार्षिक नेपाल-पाकिस्तान मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता दस दिनसम्म चल्ने छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर शाक्यले दुई देशका युवाहरूलाई ल्याउन क्रिकेटको सम्भावनालाई जोड दिनुभयो । यस्ता मैत्रीपूर्ण खेल आयोजना गरेकोमा शाक्यले पाकिस्तानी दुतावासको सराह्ना समेत गर्नुभयो ।

यस अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत डा. माझर जावेदले नेपाली युवाहरू माझ यो वार्षिक खेलकुद कार्यक्रमको बढ्दो लोकप्रियता प्रति सन्तुष्टि व्यक्त गर्नुभयो ।

१६ टिम सहभागिता रहेको मैत्रीपूण क्रिकेट प्रतियोगिता पौष ६ गते अर्थात २१ डिसेम्बरसम्म चल्ने छ ।

नेपालबाट चाडै नै हकि टिम अन्र्तराष्ट्रिय प्रतियोगिताको लागि पाकिस्तान प्रस्थान गर्ने पनि उक्त अबसरमा जानकारी गराइयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.