विश्व नेत्रहीन क्रिकेट परिषद्को कोषाध्यक्षमा घिमिरे

काठमाडौँ, २५ मङ्सिर : विश्व नेत्रहीन क्रिकेट परिषद्को कोषाध्यक्षमा नेपालका पवन घिमिरे चयन हुनुभएको छ ।

काठमाडौँमा आज सम्पन्न परिषद्को २१आँै साधारणसभामा नेपाल नेत्रहीन क्रिकेट सङ्घका अध्यक्षसमेत रहनुभएका घिमिरे कोपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । परिषद्को अध्यक्षमा भारतका माहन्तेश जी के चयन हुनुभएको छ भने प्रथम उपाध्यक्षमा पाकिस्तानका सयद सलमान बुखारी, द्वितीय उपाध्यक्षमा श्रीलङ्काका चामिन्डा पुष्पकुमारा र महासचिवमा अष्ट्रेलियाका रेमन्ड मोक्स्ली निर्वाचित हुनुभएको छ ।

त्यस्तै प्राविधिक निर्देशकमा पाकिस्तानका महर युसफ हरुन र विकास निर्देशकमा साउथ अफ्रिकाका अर्मान्ड बम चयन हुनुभएको छ । साधारणसभामा नेपाल, भारत, पाकिस्तान, अष्ट्रेलिया, साउथ अफ्रिका, इग्ल्यान्ड, बङ्गलादेश र श्रीलङ्काका प्रतिनिधिको सहभागिता रहेको थियो ।

नेपाल नेत्रहीन क्रिकेट सङ्घले सन् २००७ देखि विश्व नेत्रहीन क्रिकेट लिमिटेडको पूर्णकालिन सदस्यको हैसियतमा काम गर्दै आएको छ । त्यस्तै उक्त साधारणसभाले आगामी दिनमा नेत्रहीन महिला क्रिकेटलाई समेत आधिकारिकता प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.