‘क्लाइमाण्डु’ प्रतियोगिता मङ्सिर २९ गतेदेखि

मङसिर २९ गतेदेखि काठमाडौँमा हुने क्लाइमिङ (पहरा चढने) प्रतियोगिताको पाँचौ संस्करणमा ‘क्लाइमाण्डु’ को तयारी गरिँदै । तस्वीर: नवीन पौडेल

काठमाडौँ, १९ मङ्सिर : नेपालको सबभन्दा ठूला क्लाइमिङ (पहरा चढ्ने) प्रतियोगिताको पाँचौँ संस्करण ‘क्लाइमाण्डु’ यही मङ्सिर २९ गतेदेखि हुने भएको छ ।

एस्ट्रेक क्लाइमिङको आयोजनामा हुन गइरहेको प्रतियोगिता क्लाइमिङ खेल प्रोत्साहन गर्नका लागि आयोजना गरिएको महाप्रबन्धक नीरज कार्कीले बताउनुभयो । दुई दिनसम्म चल्ने प्रतियोगितामा ३० जना खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा माथि पुग्ने (लिड) सबभन्दा चाँडो माथि पुग्ने (स्पीड) र छोटो तथा अप्ठ्यारो चढ्ने (बोल्टरिङ) गरी तीन विधामा खेलाइनेछ ।

नेपालमा सन् २०१२ देखि नेपाल पर्वतारोहण प्रतिष्ठानको आयोजनामा पहिलोपटक क्लाइमिङ प्रतियोगिता शुरु गरिएको थियो । त्यसपछि एस्ट्रेकले प्रत्येक वर्ष आयोजना गर्दै आएको छ । प्रतियोगितामा खेलाडीले १५ मिटरको अग्लो पहरा चढ्ने छन् । एस्ट्रेकका महाप्रबन्धक कार्कीले नेपालमा क्याइमिङ खेलको आकर्षण बढ्दै गएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.