ग्रासरुट फुटसल फेस्टिवल

काठमाडौँ, ७ मङ्सिर : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) अन्तर्गतको फुटसल समितिले एशियाली फुटबल महासङ्घ (एएफसी) ‘ग्रासरुट फुटसल फेस्टिवल’ आयोजना ग¥यो ।

एन्फाद्वारा गठित फुटसल समितिले आज बिहान एन्फा कम्प्लेक्स सातदोबाटोमा ‘फुटबल फर अल’ भन्ने मूल नारासहित फेस्टिवलको आयोजना गरेको हो । एक दिने फेस्टिवलमा १०० जना बालबालिकाले सहभागिता जनाएका थिए ।

सो अवसरमा एन्फाका प्रशिक्षकले बालबालिकालाई फुटसलको प्रशिक्षण दिएका थिए । कार्यक्रममा सहभागी हुन एएफसीका फुटसल समितिका प्राविधिक प्रमुख अली ताघोलिजादेह र ‘सिनियर डेभलपमेन्ट अफिसर’ ज्याकोब बिग्स अहिले नेपालमा हुनुहुन्छ । दुबै अधिकारी फुटसल फेस्टिवलका लागि चार दिने नेपाल भ्रमणमा आउनुभएको फुटसल समितिका संयोजक दावा लामाले जानकारी दिनुभयो । सो अवसरमा संयोजक लामाले फुटसल लिग चाँडै आयोजना गर्न लागेको जानकारी दिनुभयो । “कार्यक्रममा एएफसीको प्रतिनिधिको उपस्थितिले समितिलाई हौसला मिलेको छ, यो कार्यक्रम हुनु हाम्रा लागि सुवर्ण अवसर पनि हो । हामी चाँडै फुटसल लिग गर्ने योजनामा छौं”–संयोजक लामाले भन्नुभयो ।

शर्मा एशियन मार्सल आर्टस्को महासचिवमा चयन 

नेपाल राष्ट्रिय मार्सल आर्टस् गेम्स महासङ्घका महासचिव एवं नेपाल तेक्वान्दो महासङ्घका अध्यक्ष दिनेश शर्मा एशियन मार्सल आर्टस्को सर्वोच्च निकाय एशियन मार्सल आर्टस् गेम्स कमिटीको महासचिवमा चुनिनुभएको छ । थाइल्याण्डको बैंककमा बिहीबार सम्पन्न एशियन मार्सल आर्टस् गेम्स कमिटिको बैठकले शर्मालाई चार वर्षका लागि महासचिवमा चयन गरेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।

बैठकले उक्त कमिटीको अध्यक्षमा भारतका बिके भरतलाई चयन गरेको छ । सो कमिटिमा भारत, नेपाल, बङ्गलादेश, अफगानिस्तान, पाकिस्तान, उज्वेकिस्तान, दुवई, रसिया, टर्कीलगायत देश आवद्ध रहेका छन् । कमिटीका अन्य पदाधिकारी जर्मनीमा रहेको विश्व मार्सल आर्टस् गेम्स कमिटीको अन्तर्राष्ट्रिय हेडक्वाटरसँगको समन्वयमा अध्यक्ष तथा महासचिवले चयन गर्ने महासचिव शर्माले जानकारी दिनुययो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.