स्वर्ण पदक विजेता नेपालीलाई गृह जिल्लामा सम्मान

भारतको नयाँ दिल्लीमा गत शुक्रबार सम्पन्न तङ इल मोदो मार्सल आर्ट विश्वकपमा घोराही १५ का ११ वर्षीय कृष्ण नेपालीले २१ देखि २३ केजी तौल समूहबाट स्वर्ण पदक जित्नुभएको छ । फोटो: रीता लामा

घोराही, १९ कात्तिक : भारतको नयाँ दिल्लीमा गत शुक्रबार सम्पन्न तङ इल मोदो मार्सल आर्ट विश्वकपमा स्वर्ण पदक विजेताको यहाँ सम्मान गरिएको छ ।

मार्सल आर्ट दाङले बजार परिक्रमा गरी घोराही–१५ का ११ वर्षीय कृष्ण नेपालीलाई अभिनन्दन गरेको हो । विश्वकप जितेर गृह जिल्ला दाङ फर्किएपछि विजयी खेलाडी नेपालीलाई स्वागत तथा सम्मान गरिएको थियो । तङ इल मोदो मार्सल आर्ट विश्वकपमा गत शुक्रबार भएको अन्तिम खेलमा २१–२३ केजी समूहमा उनले स्वर्ण पदक प्राप्त गरेका थिए ।

उनीसँगै दाङबाट विवेक नेपालीले पनि विश्वकपमा सहभागी जनाएका थिए । नेपालबाट ६ खेलाडीले स्वर्ण पदक जितेका थिए । मार्सल आर्ट दाङका अध्यक्ष हेमराज अधिकारीका अनुसार उक्त विश्वकपमा नेपालीसँगै कैलालीका प्रशान्त चौधरी, रितु चौधरी, पवन हमाल र अनिता विष्ट तथा सुनसरीकी पूजा चौधरीले स्वर्ण पदक जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.