महिला फुटबल टोलीको कप्तानमा थापा

काठमाडौँ, ९ कात्तिक : नेपाली राष्ट्रिय महिला फुटबल टोलीको कप्तानमा निरु थापा चयन भएकी छिन् ।

मैत्रिपूर्ण खेलका लागि बिहीबार चीन गएको महिला राष्ट्रिय टोलीकोे कप्तानी थापालाई दिइएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । थापाले पहिलो पटक नेपाली टोलीको कप्तानी समाल्ने अवसर प्राप्त गरेकी हुन् । थापाले घरेलु फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबबाट खेल्दै आएकी छिन् ।

यसअघि नेपाली महिला टोलीको नेतृत्व रेनुका नगरकोटीले गर्दै आएकी थिइन् । ओलम्पिक छनोटको तयारीमा रहेको नेपालले टोलीको नेतृत्व परिवर्तन गरेको हो । चीन भ्रमणमा निस्केको नेपाली टोलीले त्यहाँ तीन मैत्रिपूर्ण खेल खेल्नेछ । त्यसपछि नेपाली टोली चीनबाट म्यान्मा प्रस्थान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.