सफ्ट टेनिस प्रशिक्षक नेपालमा

काठमाडौँ, ८ कात्तिक : नेपाल सफ्ट टेनिस सङ्घको अनुरोधमा दुई कोरियाली प्रशिक्षक आज यहाँ आउनुभएको छ ।

आगामी मङ्सिर २ देखि ९ गतेसम्म दक्षिण कोरियाको सञ्चनमा हुने तेस्रो विश्व जुनियर सफ्ट टेनिस प्रतियोगिता र भारतको अहमदाबादमा आगामी पुस २५ गते हुने प्रथम दक्षिण एशियाली सफ्ट टेनिस च्याम्पियनसिप तयारीका लागि प्रशिक्षकद्वय चोई चोङ रियूल र पाएक ह्युन सिक् नेपाल आएको सङ्घका अध्यक्ष विनयविक्रम शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुई महीना बसाइका क्रममा प्रशिक्षकले काठमाडौँलगायत विराटनगर, धनगढी, नेपालगञ्ज, बुटवल, पोखरा र नेपाल प्रहरी स्कुल साँगामा प्रशिक्षण दिनुहुनेछ । उक्त प्रशिक्षणले नेपाली खेलाडीको खेलस्तर बढ्नाका साथै अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालले पदक हासिल गर्न मद्दत पुग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.