कुस्तीमा नेपाल र भारतका आठ पहलवान विजयी

इनरुवा, ४ कात्तिक : सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीमा आयोजित कुस्ती प्रतियोगितामा नेपाल र भारतका आठ पहलवान विजयी भएका छन् ।

बडादशैँको अवसरमा आयोजित प्रतियोगितामा नवलपरासीका दीपेन्द्र यादव र सर्लाहीका अरुण साह, भारत बनारसका प्रवीण पहलमान, प्रेमनाथ पहलमान र रामविलास पहलमान, भारत पञ्जाबका सोनु पहलमान, भारत हरियाणाका सेरा पहलमान र भारत झाँसीका राहुल पहलमान विजयी भएको स्थानीयवासी डुमरलाल मेहताले जानकारी दिनुभयो ।

आज सम्पन्न्न प्रतियोगिता विजयीलाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको आयोजक समितिका अध्यक्ष श्यामलाल मेहताले जानकारी दिनुभयो । प्रतियोगिता हेर्नका लागि सयौँ दर्शक आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.