हल अफ फेमको शुभारम्भ

काठमाडौँ, १७ साउन : प्रधानसेनापति राजेन्द्र क्षत्रीले सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रको पहलमा नवनिर्मित ‘हल अफ फेम’ को आज लगनखेलमा उद्घाटन गर्नुभयो ।

नेपाली सेनाले विगतदेखि वर्तमानसम्म विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेका सफलतालाई अभिलेखीकृत गर्ने उद्देश्यका साथ सो फेमको निर्माण गरिएको हो ।

सो हलमा विभिन्न राष्ट्रिय तथा सैनिक खेलकूद प्रतियोगिताको साथै ओलम्पिक, एशियन, दक्षिण एशियाली खेलकूद प्रतियोगितामा सैनिक खेलाडीले हासिल गरेका उपाधिको अभिलेख, तस्वीर तथा सहभागितासम्बन्धी जानकारी समावेश गरिएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

फेमको निर्माणले खेलाडीले विगतमा पु¥याएको योगदानको सम्मानका साथै हाल विभिन्न खेलमा आबद्ध भएर योगदान पु¥याइरहेका र भविष्यमा खेलकूद क्षेत्रमा जोडिने समस्त खेलाडीलाई समेत प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ ।

सो अवसरमा पूर्व प्रधानसेनापतिहरु, ओलम्पिक कमिटीका अध्यक्ष, नेपाली सेनाका रथीवृन्द, अधिकृत, भेट्रान खेलाडी, पदिक तथा अन्य दर्जाको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.