विश्वविख्यात फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन

काठमाडौं, १५ पुस : विश्वविख्यात फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। 

क्यान्सरबाट पीडित ब्राजिलका फुटबलर पेलेको उपचार भइरहेको साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले स्थानीय समय अनुसार दिउँसो ३ः२७ बजे उनको मृत्यु भएको जानकारी दिएको छ।

१७ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका उनको खेल जीवनमा उनले सन् १९५८ देखि १९७० को बीचमा चार पटक विश्वकप प्रतियोगितामा भाग लिए। तीमध्ये तीन वटा ब्राजिल आफैंले जितेको थियो। पेलेले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेका थिए।

Soccer Legend Pelé Dead at 82

उनले विश्वकपका कुल १४ वटा खेलमा १२ गोल गरेका थिए।

सन् २००० मा फिफाले उनलाई दशकको खेलाडी घोषणा गरेको थियो ।

६२ वर्ष फुटबल खेलाडीको रुपमा बिताएका उनले आफ्नो २१ वर्ष लामो खेल जीवनमा विश्व कीर्तिमान १ हजार २ सय ८१ गोल गरे। ब्राजिलका लागि ९२ खेल खेल्दै उनले ७७ गोल गरेका छन्। २१ वर्षको करियरमा उनले कुल १,३६३ खेल खेल्दा विश्व कीर्तिमान १,२८१ गोल गरेका थिए।

पेले पछिल्लो समय किड्नी र प्रोस्टेटको समस्याबाट गुज्रिरहेका थिए । सन् २०२१ को सेप्टेम्बरमा शल्यक्रियाबाट क्यान्सरको ट्युमर हटाइएको थियो । सन् २०२२ को नोभेम्बरयता उनलाई अस्पतालमा भर्ना गरिएको थियो।

यसैबीच पेलेको निधनमा तीन दिन ब्राजिलमा राष्ट्रिय शोकको घोषणा गरिएको छ। राष्ट्रपति जैर बोल्सोनारोको सरकारले तीन दिने शोकको घोषणा गर्दै एक विज्ञप्तिमा निकालेर पेले ब्राजिलको नाम उचाल्ने एक महान र देशभक्त नागरिक भएको बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.