नेपाल १० विकेटले विजयी

काठमाडौँ, २४ असोज : आइसिसी विश्व टी–२० एशिया छनोट समूह ‘बी’ मा नेपालले लगातार पाँचौँ जित निकालेको छ ।

आज मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमस ओभल क्रिकेट मैदानमा भएको खेलमा चीनलाई १० विकेटले पराजित गर्दै लगातार पाँचाँै जित निकालेको हो । टस हारेर पहिले ब्याटिङ गरेको चीनले १३ ओभरमा पूरै विकेट गुमाउँदै २६ रन मात्र जोड्न सक्यो । चीनका होङ जियाङ यानले ११ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । चीनका सातजना ब्याट्सम्यान शून्य रनमै आउट भए ।

चीनलाई २६ रनमै सीमित गर्ने क्रममा नेपालका सन्दीप लामिछाने, वसन्त रेग्मी र ललित राजवंशीले तीन÷तीन विकेट लिए । चीनले दिएको २७ रनको लक्ष्य नेपालले ११ बलमै बिनाविकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितमा ओपनर विनोद भण्डारीले अविजित २४ र प्रदीप ऐरीले पनि अविजित चार रन जोडे । चीनलाई १० विकेटले हराएर नेपालले अपराजित यात्रा कायम राखेको हो ।

एशिया छनोटको दोस्रो चरणमा पुगिसकेको नेपालले अन्तिम खेलमा शुक्रबार सिङ्गापुरसँग खेल्नेछ । जितसँगै छनोटमा नेपाल पाँच खेलबाट १० अङ्क जोडेर शीर्ष स्थानमा छ । चीन भने पाँच खेलमै पराजित हुँदा तालीकामा अङ्कविहीन हुँदै पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.