जर्मनीका लेजेण्ड फुटबलर गर्ड मुलरको निधन

काठमाडौं, ३१ साउन : जर्मनीका लेजेण्ड फुटबलर गर्ड मुलरको निधन भएको छ । मुलरको आइतबार ७५ वर्षको उमेरमा निधन भएको उनी आबद्ध फुटबल क्लब बायर्न म्युनिखले जनाएको छ ।

मुलरले बायर्नका लागि सबैखाले गरेर ६०७ खेलमा ५६६ गोल गरेका थिए । यस्तै बुन्डेसलिगामा कीर्तिमानी ३६५ गोल गरेका थिए । मुलरले राष्ट्रिय टिमका लागि ६२ खेलमा ६८ गोल गरेका थिए ।

उनले राष्ट्रिय टिम अर्थात् पश्चिम जर्मनीबाट १९७२ मा युरोकप र १९७४ को विश्वकप जितेका थिए । विश्वकप फाइनलमा मुलरले नेदरल्यान्डस् विरुद्ध निर्णयक गोल गरेका थिए ।

फुटबल खेलाडी जीवनबाट सन्यास लिएपछि पनि उनी लामो समय बायर्नको युथ टिमको कोचको भूमिकामा थिए ।

वेस्ट जर्मनीले १९७४ को विश्वकप जित्दा मुलरले निर्णयक गोल गरेका थिए ।

यस्तै १९७२ मा युरोकप जित्दा उनी टिममा रहेका थिए ।

एक पटकको बालोन डी’ओर विजेता मुलरले क्लब फुटबलमा बायर्नका लागि सबै उपाधि जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.