पहिलो पाइलाद्वारा फुड बैंक स्थापना
मिरा मल्ल । स्याङ्गजा, १८ भदौ : स्याङ्गजा पुतलीबजार १ सहिद चोकमा निःशुल्क फुड बैंक स्थापना भएको छ ।युवा परिवर्तन र समाजलाइ एक्याबद्व गर्दै सामाजिक कार्यमा युवा परिचालन गर्ने उद्देश्य लिएको पहिलो पाइला नेपाल स्याङ्गजा शाखाको पहलमा विपन्न वर्गलाई लक्षित गरी फुड बैंक स्थापना गरिएको छ । बैंकले लकडाउनका कारण दैनिकी गुजारा गर्न असहज परिस्थिति बाट गुज्रेका श्रमजीवी व्यक्तिहरु लाइ साहयता गर्ने उद्देश्य लिएको छ ।
‘हुनेले दान दिनुहोस् र नहुनेले ढुक्कका साथ लैजानुहोस्’ भन्ने नाराका साथ फुड बैंक स्थापना गरिएको शाखा संयोजक स्मृति काफ्लेले जनाउनु भएको छ । उक्त फुड बैक १७ गते देखि संचालन मा आएको छ भने हरेक दिन बिहान ११ बजे देखि विपन्न वर्गले त्यहा बाट लाभ लिन सक्नेछन ।
पहिलो दिन ३८ व्यक्ति र आश्रीत परिवारलाइ खाद्यान्न बितरण भएको थियो भने ११ जना व्यक्ति तथा परिवारबाट आर्थिक तथा खाद्यान्न सहयोग प्राप्त भएकाे थियाे ।
