पाल्पामा छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ

सुशीला रेग्मी । रामपुर (पाल्पा), ६ असार: पाल्पामा आफ्नै बाबुले छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ । वर्ष ५९ का बाबुले अविवाहित ३१ वर्षीय छोरीलाई बलात्कार गरेको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको हो ।

उनलाई जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

गत जेठ ३२ गते जर्बजस्ती करणी गरेको बताइएको छ । अविवाहित छोरीलाई डर धम्की देखाई पटकपटक बलात्कार गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको उहाँले बताउनुभयो ।

घटनाबारे कसैलाई भने मार्ने धम्की दिंदै आएको पीडित महिलाले शुक्रवार प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । अभियुक्त बुवालाई अहिले जिल्ला प्रहरी कार्यालय पाल्पाको हिरासतमा राखिएको छ । सो घटनाबारे भने शनिवार प्रहरीले सार्वजनिक गरेको छ ।

यौन दुव्र्यवहारको आरोपमा वृद्ध पक्राउ

जिल्लामा १३ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा ७७ वर्षीय कुलबहादुर रानालाई पक्राउ गरिएको छ । असार ४ गते दिउँसो करिव तीन वजेर ५० मिनेटको समयमा बालिकाको संवेदनशील अंगमा समाई यौन दुव्र्यवहार गरेको जाहेरीमा उल्लेख छ ।

अभियुक्त रानालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पाल्पाको हिरासतमा राखिएको छ । बाल यौन दुव्र्यवहारसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

घरमा कोही पनि नभएको मौका छोरी बालिकालाई यौन दुव्र्यवहा गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.