एचआइभी एड्सबाट सङ्क्रमित बालबालिकालाई राहत वितरण

काठमाडौँ, २० जेठ । एचआइभी एड्सबाट सङ्क्रमित बालबालिकालाई आश्रय दिँदै आएको सितापाइलास्थित ‘पुनर्वल पलस’ नामक सामाजिक संस्थालाई राहत वितरण गरिएको छ ।

साउण्ड अफ हिमालय नामक संस्थाले राहतस्वरुप चामल, दाल, बिस्कुट, चाउचाउ, चना, नुन, तेललगायत खाद्यसामग्री उपलब्ध गराएको छ । कोभिड–१९ का कारण अप्ठेरामा परेका बालबालिकाको अवस्था बुुझेर उक्त संस्थाका प्रतिनिधिले सम्बन्धित पक्षलाई प्रत्यक्ष भेट गरी ‘पुनर्वल पलस’ का सञ्चालक महेश श्रेष्ठलाई ती सामग्री प्रदान गरेको हो ।

उक्त संस्थामा विभिन्न जिल्लाबाट आएका ३५ बालबालिका छन् । उनीहरुलाई खान बस्न तथा पढनका लागि समेत आफ्नो संस्थाले सहयोग गर्दै आएको सञ्चालक श्रेष्ठले जानकारी दिनुुभयो ।

बौद्ध गुरु कर्मा धिनवपले व्यक्तिगत खर्च गरी काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका दीन, दुःखी तथा असाहय नागरिकलाई राहत सामग्री उपलब्ध गराइएको कार्यक्रमका संयोजक सुवोधप्रसाद प्रधानले जानकारी दिनुभयो ।

गत चैत १७ गते कामपाको बैठकले राहत वितरण गर्ने निर्णय गरी प्रत्येक वडामा राहत वितरणका लागि समिति गठन गरेको भए पनि आर्थिक अवस्था कमजोर भएका तथा विपन्न परिवारको पहिचानमा वैज्ञानिक प्रणाली कार्यन्वयन हुन नसकेका कारण विपन्न परिवारबाट वितरण प्रणाली पारदर्शी नभएको गुनासो आएको छ ।

आर्थिक अवस्था कमजोर भएका त्यस क्षेत्रको मानिसको सहजताका लागि सार्वजनिक स्थानमा निःशुल्क भोजन समेत उपलब्ध गराएको छ ।

पाँच वर्ष अगाडि गएको भूकम्पका समयमा पनि विभिन्न जिल्लामा सहयोग उपलब्ध गराएको समाजसेवी केदारमान सिंहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.