पाल्पामा आइसोलेसनमा उपचारत एक युवकको मृत्यु

सुशीला रेग्मी । रामपुर (पाल्पा), २० जेठ : पाल्पाको युनाइटेड मिसन अस्पतालको आइसोलेसन कक्षमा उपचारत एक युवकको मृत्यु भएको छ ।

आज दिउँसो पूर्वखोला गाउँपालिका १ स्थित सिलुवा घर भएका ४५ वर्षीय रामबहादुर दिसुवाको मृत्यु भएको अस्पतालका प्रशासकिय प्रमुख जीवन भट्टराईले जानकारी दिनुभयो ।

पूर्वखोला गाउँपालिका २ स्थित जल्पामा रहेको शम्भु माविको क्वारेन्टाइनमा बसेका दिसुवालाई सोमवार स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि मिसन अस्पताल लगिएको थियो ।

स्वाव परीक्षणको रिपोर्ट नआएकाले कोरोना सक्रमणबाट मृत्यु भएको हो वा होईन भन्ने अझै पुष्टि हुन भने सकेको छैन् । उनको स्वाव सङ्कलन गरेर भैरहवा जनस्वास्थ्य प्रयोगशालामा पठाइएको र रिपोर्ट भने आउन बाँकी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिनुभएको छ । उनी भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका हुन् ।

जिल्लामा हालसम्म पाँच जनामा कोरना सङ्क्रमणको पुष्टी भएको छ । निस्दी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका दुई जना, रैनादेवी छहरा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका दुई जना र एक जना माथागढी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका युवामा कोरना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

कोरना सङ्क्रमितको अवस्था भने सामान्य रहेको स्वास्थ्य कार्यालयका निमिक्त प्रमुख न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.