सुर्योदय क्लब स्याङ्जाको २४ औंँ वार्षिक साधारण सभा सम्पन्न

स्याङ्गजा, ८ असोज । सुर्योदय क्लब स्याङ्जाको २४ औंँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

क्लबको अध्यक्ष अनन्त कुमार श्रेष्ठको अध्यक्षतामा सदरमुकाम पुतलीबजारमा आयोजित उक्त कार्यक्रममा गैसस महासंघका अध्यक्ष गोविन्द प्रसाद शर्मुको प्रमुख आतिथ्यता रहेको थियो । सभामा स्वागत मन्तव्य उपाध्यक्ष बलराम दोराङ्गाले गर्नु भएको थियो भने कोषाध्यक्ष देवि नेपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाको वार्षिक प्रगती प्रतिवेदन, आव २०७९।८०को प्रस्तावित कार्यक्रम तथा बजेट क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा स्याङ्जा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठ, सूर्योदय साकोसका अध्यक्ष हुमबहादुर कुमाल, सदस्य श्री बहादुर गुरूङ, भरत मल्ल, अशोक शर्मा लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।

सभाले आर्थिक वर्ष २०७९।८० का लागि ४ करोड ४ लाख ६४ हजारको बजेट तथा कार्यक्रम पारित गरेको छ । भ्रष्टाचार विरूद्द नीति २०७९, पारित, कर्मचारी प्रशासन नीति संसोधन, बिधान संसोधनका प्रस्तावहरू पारित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.