बिक्री प्रबन्धक नियुक्त

काठमाडौँ, १३ साउन । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ लाख कित्ता साधारण शेयर स्थानीय बासिन्दा तथा सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ ।

शेयर निष्काशन तथा बिक्रीसम्बन्धी सम्झौतापत्रमा सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशी र बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका तर्फबाट सञ्चालक भरतबहादुर पाण्डेले हस्ताक्षर गर्नुभयो ।

उक्त कम्पनीले आयोजनास्थलका बासिन्दालाई १० लाख कित्ता र सर्वसाधारणका लागि १५ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने सानिमा क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2024. All Rights Reserved.