नेप्से परिसूचक पाँच अङ्कले ओरालो 

काठमाडौँ, २९ असोज : धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक पाँच अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ५.०१ अङ्कले घटेर एक हजार १३७.०३ मा पुगेको छ ।

यसैगरी सेन्सेटिभ परिसूचकसमेत १.६४ अङ्कले घटी २४८.५८ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबार रकममासमेत गिरावट आएको छ । स्टकका अनुसार आज कुल १५९ कम्पनीका सात लाख ३६ हजार ८८३ कित्ता शेयर रु १९ करोड ६६ लाख १८ हजार ९३६ मा खरिदबिक्री भएका छन् ।

स्टकका अनुसार आज कारोबार भएका ११ उपसमूहमध्ये तीन उपसमूहको शेयर मात्र बढेको छ । विकास बैङ्क ७.४३, जलविद्युत् २.७६ र सामूहिक लगानी कोषको शेयर ०.०१ अङ्कले बढेको छ । यस्तै बैङ्किङ ४.९८, होटल १३.२२, फाइनान्स ०.९७, निर्जीवन बीमा १०.८८, उत्पादन १८.९४, अन्य ८.५२, माइक्रोफाइनान्स ७.९१ र जीवन बीमा १०.८१ अङ्कले घटेको छ ।

स्टकका अनुसार कारोबार रकमका आधारमा प्रभु बैङ्क शीर्ष स्थानमा रह्यो । सो बैङ्कको शेयर रु पाँच करोड ४४ लाख ६१ हजार १०८ रुपैयाँमा खरीदबिक्री भयो । त्यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु एक करोड ११ लाख ५१ हजार ३२७, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको रु ७७ लाख ८७ हजार ९००, एभरेष्ट बैङ्क लिमिटेडको रु ७१ लाख २४ हजार ५९९, एनआइसी एसिया बैङ्कको रु ५९ लाख ९५ हजार ३२६ र नेपाल इन्भेष्टमेन्ट बैङ्कको शेयर रु ४४ लाख तीन हजार ९३३ मा खरीदबिक्री भई शीर्ष स्थानमा रहे ।

परिसूचक घटेपनि ग्लोबल आइएमई बैङ्क समुन्नत स्किम–१ का लगानीकर्ताले ३.९२ प्रतिशतले कमाए । यस्तै एनएलजी इन्स्योरेन्स कम्पनी ३.८७, दिव्यश्वरी हाइड्रोपावर ३.७०, मुक्तिनाथ विकास बैङ्क ३.२८, युनिभर्सल पावर कम्पनी २.५६ र मन्जुश्री फाइनान्स लिमिटेडका शेयरधनीले २.४२ प्रतिशतले कमाए ।

सिद्धार्थ बैङ्कका शेयरधनीले ४.३१ प्रतिशतले गुमाए । यसैगरी मेरो माइक्रोफाइनान्स वित्तीय संस्था ३.४४, नयाँ नेपाल लघुवित्त वित्तीय संस्था ३.०४, गुडवील फाइनान्स कम्पनी २.९६, शिवम् सिमेन्टस् २.७५ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले २.६१ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.