नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो 

काठमाडौँ, २२ साउन : धितोपत्र बजारमा केही दिनदेखि ओरालो लागेको नेप्से परिसूचक आज सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवारमापक नेप्से परिसूचक २.७५ अङ्कले बढेर एक हजार २४८.४८ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचकसमेत ०.८६ अङ्कले बढेर २६९.९६ मा पुगेको छ । परिसूचक बढेपनि कारोबार रकममा भने अपेक्षित सुधार आउन सकेन । आज कूल १७२ कम्पनीका ११ लाख ३८ हजार ६३९ कित्ता शेयर रु ३६ करोड ८६ लाख ४५ हजार ६६९ मा खरिद बिक्री भए । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर ओरालो लागेको छ । विकास बैंक १.३२, जलविद्युत् २०.९५ अङ्कले ओरालो लाग्दा सामूहिक लगानी कोषको शेयर ०.०३ अङ्कले घटेको छ ।

बैंकिङ २.९६, व्यापार ६.९५, होटल १९.४२, वित्त २.०५, निर्जीवन बीमा २२.०३, उत्पादन १०.३९, अन्य २.३२, लघुवित्त २२.५५ र जीवन बीमा उपसमूहको शेयर २६.०३ अङ्कले बढेको छ । स्टकका अनुसार आज कृषि विकास बैंकको शेयर सबैभन्दा बढी कारोबार भई शीर्ष स्थानमा रह्यो । सो बैंकको शेयर रु चार करोड ४५ लाख ९७ हजार २६१ मा खरिदबिक्री भयो ।

यस्तै नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक रु दुई हरोड ३६ लाख ८१ हजार १४१, नेपाल बैंक लिमिटेड रु एक करोड ९६ लाख १५ हजार ६४७, प्रभु बैंकको रु एक करोड ६७ लाख २२ हजार १७४, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु एक करोड ५४ लाख १४ हजार ६७१, स्ट्यार्डड चार्टर बैंकको रु एक करोड २८ लाख ६८ हजार ७४६ र शिवम् सिमेन्ट्सको शेयर रु एक करोड छ लाख ३३ हजार २५६ को कारोवार भयो ।

परिसूचक बढेपनि सान्जेन जलविद्युत् कम्पनीका शेयरधनीले ९.९६ प्रतिशतले गुमाए । त्यस्तै रसुवागढी हाइड्रोपावर कम्पनी ९.८८, एनआइविएल प्रगति फण्ड ३.८२, अपी पावर कम्पनी ३.६७, नविल इक्विटी फण्ड २.८७ र हिमालय ऊर्जा विकास कम्पनीका शेयरधनीले २.२३ प्रतिशतले गुमाए । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका शेृयरधनीले १० प्रतिशतले कमाउँदा गुराँस लघुवित्त वित्तीय संस्था ९.८८, स्पर्श लघुवित्त वित्तीय संस्था ८.१५, स्वाभिमान लघुवित्त वित्तीय संस्था ७.४८, साल्ट टे«डिङ कर्पोरेशन ६.९० र हिमालयन पावर पार्टनरका लगानीकर्ताले ६.७१ प्रतिशतले कमाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.